काठमाडौं / काठमाडौं उपत्यकाबाट दसैँ मान्न घर जाने क्रम वढेको छ। विगत केही दिनदेखि विभिन्न नाका हुँदै दैनिक १लाख १५ हजार सर्वसाधारणले उपत्यका छाड्न थालेका छन्।
केही दिनदेखि दैनिक सवा लाख भन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। यात्रु बाहिरने क्रम वढेकाले यतिबेला सवैजसो सडकमा सवारीको चाप पनि बढेको छ।
काठमाडौँ उपत्यकाबाट थानकोट नाका, विपी राजमार्ग, बल्खु–कुलेखानी–हेटौंडा सडकबाट धेरैजसो यात्रु बाहिरिने गरेका छन्। विपी राजमार्गको कारण पूर्वी नेपालका जिल्लामा आवतजावतमा सहज भएको छ।
मंगलबार र बुधबार गरेर झण्डै अढाई लाख सर्वसाधरण उपत्यकाबाट बाहिरिएका छन्। सोमबार ९० हजार बाहिरिएका थिए।
नागरिक बाहिरिने क्रम वढेकाले उपत्यकाका सडकमा सवारी जाम कम हुँदै गएको छ। दसैँको वेला उपत्यकाबाट दुईतिहाइ सर्वसाधारण बाहिरिने गरेका छन्।
दसैँमा गृहजिल्ला जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेको छ। टिकट विक्रीमा विचौलियाले गर्न सक्ने वेइमानीप्रति कडाई गरिएको प्रहरीको दावी छ।
बेलायत / लिम्बुवान नागरिक समाज, यूकेले आफ्नो स्थ... ... ...
विराटनगर / मोरङको विराटनगर महानगरपालिका–१५ बाट ... ... ...
झापा / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको मे... ... ...
विराटनगर / उद्योगी र व्यवसायीले उठाउँदै आएको विद्... ... ...
काठमाडौँ / कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार र... ... ...
Copyright © 2017 - Pahilokitaab.com All rights reserved