इटहरीको बसपार्क मै १४ बर्षीया बालिका बलात्कृत

  • प्रकाशित मितिः आश्विन, 24, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / इटहरीको बसपार्कमा १४ बर्षीया बालिका बलात्कृत भएकी छिन् । उनलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

बालिका बलात्कारको आरोपमा गढिगाउपालिका ८ छिटाहा बस्ने ३० बर्षिय प्रमोद चौधरीलाई इलाका कार्यालय इटहरीले पक्राउ गरेको हो ।

बालिकालाई फकाएर बसपार्कमा रहेको गोधुली होलटमा लगी बलात्कार गरेको पिडित परिवारको उजुरीको आधारमा चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई मंगलबार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । घटना आईतबार साँझ भएको बताइएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved