नेपालको लगातार पाँचौ जीत, चीन १० विकेटले पराजित

  • प्रकाशित मितिः आश्विन, 24, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को पाँचौ खेलमा नेपालले चीनलाई फराकिलो अन्तरले पराजित गराएको छ ।

चीनले दिएको २७ रनको लक्ष्य पछ्याएको नेपालले बिना कुनै विकेट क्षति १.५ ओभरमा पुरा गरेको हो । नेपालका लागि बिनोद भण्डारीले ८ बल खेल्दै १ छक्का र ३ चौकासहित २४ रन बनाए भने प्रदीप ऐरीले ३ बल खेल्दै ४ रन बनाएका थिए।

यसअघि बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको चीनले निर्धारित २० ओभरमध्ये १३ ओभरमा अलआउट हुँदै २६ रनमा समेटियो।

चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने, ललित राजबंशी र बसन्त रेग्मीले समान ३ ३ विकेट लिए। एक विकेट रन आउटबाट लिएको थियो।

चीनका लागि हङ जियान याङले सर्वाधिक ११ रन बनाए।यस्तै डेन्जी मा ले ५ तथा चेन जिनफिङले १ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले रन लिन सकेनन्।

जारी प्रतियोगिताकै सबैभन्दा बलियो टिम रहेको नेपाल २ खेल अगाडिनै छनोट भइसकेको छ। यस्तै दुई खेल अगाडिनै छनोटबाट बाहिरिसकेको चीन प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved