बेल्जियमको निर्वाचनमा भिड्दै नेपाली मुलका दुई चेली

  • प्रकाशित मितिः आश्विन, 24, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा एक नेपाली चेली अहिले आकर्षणको केन्द्र बनेकी छन् ।
उनको नाम हो रश्मी निरौला ।

रश्मीले पर्यटकीय नगरी लुभेन नगरपालिकाको काउन्सिल पदमा बेल्जियमको दोस्रो ठुलो पार्टी सिडी एन्ड भीबाट उम्मेदवारी दिएकी हुन् ।

बहुसंस्कृति र बहुराष्ट्रिय आप्रवासीहरुको ठुलो बासोबास रहेको लुभेन नगरमा गैरबेल्जियम समुदायका उम्मेदवारमध्ये उनको विजयलाई धेरैले निश्चित मानेका छन् ।

त्यसैगरी बेल्जियमको दोस्रो ठुलो शहर आन्त्वरपेन नगरपालिकामा पनि सीडी एन्ड भीले नेपाली चेली लीला शर्मा मानन्धरलाई सशक्त उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

धेरै बर्षदेखि सामाजिक कार्यमा संलग्न मानन्धर विजयी हुने निश्चित मानिएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved