प्रदेशका कर्मचारीले तलब पाएनन्,३ महिनादेखि उधारोमा व्यवहार चलाउँदै

  • प्रकाशित मितिः आश्विन, 24, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / दसैं नजिकिइसकेको अवस्थामा कयौं सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब पाउन सकेका छैनन् । खासगरी प्रदेश मातहतका कार्यालयका कर्मचारीले लामो समयदेखि तलब नपाएका हुन् । आफ्नो र कार्यालयको दैनिक खर्च उनीहरूले उधारोमा चलाइरहेका छन् ।


महिला विकास कार्यालयका नीरा चापागाईंले दैनिक कामको अख्तियारी हालसम्म पाएकी छैनन् । जिल्ला समन्वय समितिको एक कोठास्थित महिला विकास शाखामा रहँदै आएकी उनीसँग कार्यालयमा गर्नुपर्ने कामको कुनै अख्तियारी छैन । उनले असारदेखि हालसम्मको तलब समेत पाएकी छैनन् ।


‘न त कामको अख्तियारी छ, न त तलब नै’ उनले भनिन्, ‘सम्बन्धित निकायमा जानकारी गराउँदा कुनै समाधान हुन सकेको छैन ।’ कार्यालयमा १० देखि ५ बजेसम्म कामबिहीन बस्नुपर्दा हैरानी लाग्ने गरेको उनले सुनाइन् । उनीसँगै अन्य तीन कर्मचारीको दैनिकी पनि समान छ । कान्तिपुरमा खबर छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved