ठुलो दुर्घटनामा परी संसदीय निर्वाचनका उम्मेदवारको मृत्यु

  • प्रकाशित मितिः आश्विन, 23, 2075
  • पहिलोकिताव संवादताता

एजेन्सी/ अफगानिस्तानको पश्चिमी बाड्घीस प्रान्तका एक जना उम्मेदवारको दुर्घटनामा परी मृत्यु भएको छ । उनको सवारी दुर्घटनामा परी मृत्यु भएको स्थानीय निजी समाचार संस्थाले सोमबार जानकारी दिएको छ । छिमेकी हेरात प्रान्ततर्फ गइरहेको बेला बाड्घीस प्रान्तमा संसदीय निर्वाचनमा उम्मेदवार भएकी फ्रैबा रहमानीको मृत्यु भएको हो ।

उनी तीन दिन अगाडी घाइते भएकि हुन् । उनको हेरात क्षेत्रीय अस्पतालमा सोमबार निधन भएको अधिकारीहरूले जनाएका छन् । क्वाडिस जिल्लाकी बासिन्दा फ्रैबा ५५ बर्षको थिइन् । अफगानिस्तानमा यही २० अक्टोबरका दिन संसदीय निर्वाचन हुन लागेको छ । निर्वाचन नजिकिदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गइरहेका छन् । निर्वाचनका लागि मताधिकार भएका झण्डै नब्बे लाख मध्ये ३० लाख महिला रहेको अधिकारीहरुले जनाएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved