सहकारी द्धारा पत्रकार सम्मानित

  • प्रकाशित मितिः आश्विन, 22, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / इटहरीमा स्थापित सहकारी भनेर चिनिएको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २१औं स्थापना दिवसको अवसरमा पत्रकारिताका माध्यमवाट समाजमायोगदान पुर्याएको भन्दै पत्रकार दिपक कार्कीलाई सम्मान गरेको छ । कार्यक्रमकी प्रमुख अतिथी महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले पत्रकार कार्कीलाई सम्मान गरेकी हुन ।

त्यसै गरी सहकारीले विभिन्न चिकित्सा शास्त्र,नरसिंग उत्तीण गर्ने शेयर सदस्य उनीहरुका सन्तती , स्नाकोत्तर गर्ने शेयर सदस्य तथा सन्तती , उत्कृष्ठ कर्मचारी ,उत्कृष्ठ कारोवार गर्नेहरुलाई समेत सम्मानीत गरेको छ । सम्मानीत सबैलाई मन्त्री थापाले सम्मान पत्र र नगद प्रदान गरीन् ।

सहकारीकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमका बक्ताहरुले महिला बचत तथा ऋण सहकारी पुर्वकै सफल सहकारी भएको चर्चा गरे । राष्ट्रिय सहकारी महासंघका सदस्य शिव डाँगी र उद्योग वाणिज्य सघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्ट सहित राजनितिक दलका नेताले समेत सहकारीले गरेको प्रगतिका विषयमा आफ्नो धारणा राखेका थिए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved