कपिल शर्मा फ्यानका लागी खुसीको खबर, फेरि सुरु हुँदैछ ‘द कपिल शर्मा शो’

  • प्रकाशित मितिः आश्विन, 22, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / चर्चित टेलिभिजन शो ‘द कपिल शर्मा शो’ फेरि सुरु हुने भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिपावलीको अवसरमा यो शोको सुरुवात हुनेछ । धेरै कारणहरुले गर्दा केही समय यता हराइरहेका कमेडियन कपिल फेरी दर्शकमाझ फर्कने चर्चा हुँदै आएको थियो ।

कपिल शर्माले ट्वीटमार्फत उनको सुपरहिट शो ‘द कपिल शर्मा शो’ लिएर फर्कन लागेको जानकारी दिएका छन् । उनले लेखेका छन् ‘छिट्टै फर्कदै छु ‘द कपिल शर्मा शो’ लिएर । केबल तपाईंहरुका लागि सोनी टीभीमा ।’

साथै अहिले उनी पञ्जाबी फिल्म ‘सन अफ मन्जीत’ को प्रमोशनमा लागेका छन् । यस फिल्मको प्रमोशनको कार्यक्रममा समेत कपिलले भनेका छन् ‘हामी सोनी टिभिका साथ योजना बनाइरहेका छौं । यो शो दिपावलीको अवसरमा सुरु हुनेछ ।’

कपिल शर्माले टेलिभिजनमार्फत दर्शक माझ फर्किरहेको जानकारी दिएसँगै सामाजिक सञ्जालमा दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । तर उनको यस शोमा कुन–कुन कलाकारहरु हुनेछन् भन्ने कुराको खुलासा भने हुन बाँकी नै छ ।

‘द कपिल शर्मा शो’ का चर्चित कलाकार सुनील ग्रोवरले आफू अहिले फिल्ममा व्यस्त रहेकाले केही भन्न नसक्ने जवाफ दिएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved