काठमाडौं / आँसुको अभावका कारण आँखाको रोग, गठियाबात, घाँटीको रोग, श्वेतप्रद आदि समस्या हुन सक्छ । त्यसैले पनि भक्कानो छोडेर वा सुँक्कसुँक्क गरेर रुनुलाई स्वस्थकर मानिन्छ । आँसुले दुःख, चिन्ता, शारीरिक तथा मानसिक तनावसँग जुध्न सहयोग पुर्याउँछ ।
रुँदा उच्च रक्तचाप, फिस्टुलाजस्ता रोगबाट पनि टाढा रहन सहयोग मिल्छ । आँखाबाट आँसु झर्दा आँखाको नानी र परेलाको रसिलोपना पनि बढेर जान्छ । रुँदा आँखाको सौन्दर्यसमेत बढेर जाने वैज्ञानिकहरूले बताएका छन् ।
आँखाबाट आँसु निस्किने वेला हारडेरियन ग्रन्थिबाट एक प्रकारको तैलीय पदार्थ निस्किने गर्छ । जसको सहायताले कोर्निया नरम र गहिरो हुन जान्छ । र, आँखा सुन्दर देखिन्छ । रुने मानिसलाई तनावबाट उत्पन्न हुने मनोदैहिक रोगको सम्भावनासमेत हुँदैन । रुने समयमा आँखाबाट झरेको आँसुले आँखाका विजातीय द्रव्यलाई बाहिर निकाल्ने काम गर्छ र आँखालाई रसिलो पार्छ । त्यस्तै, आँसुले विभिन्न संक्रमणबाट पनि बचाउँछ ।
जापानस्थित मेडिकल युनिभर्सिटी अफ औहियोका शोधकर्ताहरूले ‘आँसुबाट हुने फाइदा’का विषयमा अध्ययन गरेका थिए । उक्त अध्ययनले अधिक रुँदा अत्यधिक मानिसले हल्का र ताजापन महसुस गर्ने पत्ता लगाएको थियो । शोधअनुसार ८८ दशमलव ८ प्रतिशत मानिसले रोएपछि हल्का महसुस गरेको बताएका थिए ।
घरान / धरानमा भएको २१ औं सँस्करणको बुढासुब्बा गोल्... ... ...
इटहरी / आर्थिक विकास, समृद्धि र एक्काइसौँ शताब्दी ... ... ...
काठमाडौँ / प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन... ... ...
इटहरी / पूर्वकै मुख्य पर्यटकीय गन्तब्यको रुपमा रह... ... ...
विराटनगर / नेपालबाट भारततर्फ सुपारी तस्करी गर्दै ... ... ...
Copyright © 2017 - Pahilokitaab.com All rights reserved